सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जापानमा शक्तिशाली आँधी, एक जनाको मृत्यु

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको जनाइएको छ ।

जापानका हिरोसीमा शहरका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । आँधीका कराण त्यहाँका अधिकांश घर भत्केका छन् । बिजुली आपूर्ति बन्द हुनका साथै ठाउँ ठाउँमा रुखहरु ढलेका कारण यातायात सेवासमेत अवरुद्ध बनेको छ ।

भारी बर्षापछि आएको आँधीका कारण केही स्थानमा पहिरो समेत गएको छ । भारी बर्षा र आँधी केही दिनसम्म रहने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले सुझाव दिएका छन् ।

यसअघि चीनमा आएको लेकिमा नामको आँधीले २८ जनाको ज्यान गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ जनाको मृत्यु

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

भारतीय गाउँलेहरूले नरभक्षी बथानको अन्तिम ब्वाँसोलाई मारे

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण

इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन ः राष्ट्रपति बाइडेन

मेक्सिको सेनाले गोली चलाएको गाडीमा रहेका ११ नेपालीमध्य ३ घाइते

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन: बाइडेन