काठमाण्डौः नेपाली काँग्रेसले शुरू गरेको राष्ट्रिय जागरणको दोस्रो दिन बाँकेमा सञ्चालन भएको कार्यक्रममा सत्तारूढ (नेकपा)का कार्यकर्ताले हस्तक्षेप गरेका छन् ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ को खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा जागरणको दोस्रो दिन कार्यक्रम भइरहेको बेला (नेकपा)का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सो पार्टीका डेढ दर्जन कार्यकर्ताहरू उक्त कार्यक्रमस्थल प्रवेश गरेर सांघातिक आक्रमण गरेको सो पार्टीले विज्ञप्ती मार्फत जनाएको छ ।
उक्त आक्रमणमा परी काँग्रेस जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएको जनाएको छ ।
काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले एक प्रेश विज्ञप्ती जारी गरी उक्त घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।