काठमाण्डौः नेपाल नर्सिङ काउन्सिलमा रिक्त रहेको ३ सदस्य पदका लागि शनिवार (भाद्र २८ गते) निर्वाचन हुने भएको छ । रिक्त ३ सदस्य पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।
उम्मेद्धारी दिनेहरुमा डा. तारा शाह, जीता बराल, तुलसादेवी अधिकारी, सिता कार्की, सरला केसी, कृष्ण कुमारी पौडेल, मित्राकुमारी देवकोटा र रिना श्रेष्ठ रहेका छन् ।
देशभर तोकिएका विभिन्न १४ वटा मतदान केन्द्रहरूमा विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म भोट दिन सकिने निर्वाचन समितिले जनाएको छ ।
उक्त समितिले जनाए अनुसार काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, चितवन, बीरगञ्ज, जनकपुर, बिराटनगर, धनकुटा, सुनसरी धरान, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ मतदान केन्द्र तोकेको छ ।
परिषदमा दर्ता भएका नर्सको संख्या झण्डै ९० हजार भएपनि नर्सिङ संघको सदस्यता लिएका १२ हजार ४१ जना नर्सले मात्र मतदान गर्न पाउने व्यबस्था गरिएको छ ।
सत्तारूढ (नेकपा) र विपक्षी कांग्रेस निकट नर्सहरु समूह बनाएर चुनावी दौडाहमा होमिएका छन् ।
सत्तारूढ (नेकपा) समुहबाट डा. तारा साह, कृष्णकुमारी पौडेल र तुलसा देवी अधिकारीलाई आधिकारिक उम्मेद्धार घोषणा गरिएको छ भने कांग्रेस निकट समूहले सरला केसी, जीता बराल र मित्रा कुमारी देवकोटालाई आफ्नो आधिकारिक उम्मेद्धार घोषणा गरी मतदानका लागी आव्हान गर्दै आएको छ ।
त्यसैगरी नेकपा निकट मानिने सिता कार्की र रिना श्रेष्ठलाई बागी उम्मेद्धारको रुपमा उठाइएको कारण निकै रोचक भिडन्त हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
निर्वाचनको नमूना मतपत्र