काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को नेतृत्व परिवर्तन गर्न माग गर्दै डेढ दर्जन केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ज्ञापन पत्र बुझाएका छन् ।
प्रदेश नम्बर २ को सपथ ग्रहण कार्यक्रममा ६ वटै जिल्लाका सन्तुष्ट र असन्तुष्ट पक्षबीच झडप भएको भन्दै डेढ दर्जन केन्द्रीय सदस्यहरुले नेतृत्व परिवर्तन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
यसरी माग गर्नेहरूमा प्रदेश २ का सह-ईन्चार्जद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवान तथा केन्द्रिय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव लगायत १६ जना रहेका छन् ।
उनीहरूले तत्काल प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डल, सह-ईन्चार्ज रघुवीर महासेठ, प्रदेश कमिटि अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई हटाउन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । पार्टी केन्द्रिय कार्यालयमा बुझाएको ज्ञापनपत्र जस्ताको तस्तैः