सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय: मुख्यमन्त्री यादव

२०८१ बैसाख १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताउनुभयो ।

नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।”

सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संस्कृति एवं अर्थविद् डा हरिवंश झाले माता जानकी लीला प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन ‘साडी’को प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो ।

महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छः सभामुख घिमिरे

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री