सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देउवाले भने, राजा फर्काउने कुरा असम्भव

२०८१ बैसाख २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्व पञ्चहरुको पार्टी राप्रपाले राजसंस्था पुनस्र्थापना लगायत मागहरु राखेर आन्दोलन गरिरहेको बेला नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताएका छन् ।

देउवाले सूर्यबहादुर थापा प्रतिष्ठानुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन ।  राजतन्त्रको सट्टा उनले  अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्नेमा जोडसमेत दिएका छन् ।

‘राजा फर्काउनुपर्यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समय स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैलेु, सभापति देउवाले भने ।

उक्त प्रतिष्ठानले पूर्वप्रधानमन्त्री तथा पंचायतका नेता सूर्यबहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा कांग्रेस सभापति देउवासहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर राणा, कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेता मिनेन्द्र रिजाल, जसपाका नेता प्रदीप यादव लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छः सभामुख घिमिरे

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री