सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

२०८१ बैसाख २, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढवर्षमा दलहरुबीच सहमति भएपछि सभापति चयनको तयारी गरिएको हो । संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेशसभामा रहेका दलहरुबीच सहमति नहुँदा सभापति चयन हुन सकेको थिएन ।

प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखासमिति, शिक्षा समिति, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् । हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।

प्रदेशसभाका पाँचवटा समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी कूल ९६ जना सांसदलाई समितिको सदस्य बनाइएको छ । जसअनुसार चार वटा समितिमा १९ जना र एउटा समितिमा २० सदस्य छन् । हालसम्म सञ्चालित बैठकहरुमा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले अध्यक्षता गरिरहनुभएको छ ।

यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समितिमा कांग्रेसकी मीनाकुमारी पराजुली पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समितिमा कांग्रेसकी याङकिला शेर्पाले अध्यक्षता गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनहुन्छः कांग्रेस

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

बालेन भन्छन्- गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

मुलुक संघीयता कार्यान्वयनको बहस र छलफलको चरणमा छः सभामुख घिमिरे

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी