सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२०८१ बैसाख ४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेको विश्वासको मत हो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीय शिक्षा ऐन जरुरीः मन्त्री चौधरी

पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री

गण्डकी सरकारले पाएको विश्वासको मतविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा