सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय महिला हक्की: आर्मी र गण्डकी फाइनलमा

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

धुलिखेलमा सोमबार भएको खेलमा आर्मीले मधेस प्रदेशलाई ६–० गोलले हरायो । आर्मीलाई जित दिलाउन सरस्वती तामाङले तीन गोल गर्नुभयो । डम्मरा भट्टले दुई तथा सीमा खड्काले एक गोल गर्नुभयो ।

आर्मीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुभएकी निर्मला पाण्डे प्लेअर अफ दि म्याच हुनुभयो । अर्को खेलमा खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराउँदै गण्डकीले फाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । जसमा गण्डकी बाजी मार्न सफल भयो । गण्डकीका लागि ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्नुभयो ।

सीता माया बल र शिल्पा डगौराले गोल गर्न सक्नुभएन । यता सुदूरपश्चिमका चारै जना खेलाडीले गोल गर्न सकेनन् । सुदूरपश्चिमका सन्जु चौधरी, पूर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराई चुक्नुभयो ।

यसअघि निर्धारित समयमा गण्डकीका लागि सीता मायाले दुई र गीता पुनमगरले एक गोल गर्नुभएको थियो । सुदूरपश्चिमका लागि पूर्णिमा उराउले दुई तथा नमिता एसकेले एक गोल गर्नुभएको थियो ।सुदूरपश्चिमकी आशिका एसके प्लेअर अफ दि म्याच हुनुभयो ।

गण्डकी र आर्मीबिच मङ्गलबार फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख र उपविजेता टोलीले ७५ हजार रुपियाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ प्रदान गरिने नेपाल हक्की सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै

राजस्थानको लगातार चौथो हार

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

एपीएफको लगातार तेस्रो जित

आइपिएलमा आज राजस्थान र पञ्जावको भिडन्त

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी

लखनउमाथि दिल्ली १९ रनले विजयी

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा