सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कैलाली जग्गा तथा आवास विकास संघको अध्यक्षमा डबलबहादुर ऐर

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलाली जग्गा तथा आवास विकास संघको नयाँ कार्यसमिति चयन गरिएको छ। धनगढीमा गत वैशाख १९ गते बसेको जग्गा तथा आवास विकास संघको बैठकले डबलबहादुर ऐरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

अध्यक्ष उपेन्द्र अवस्थीको अध्यक्षत्यतामा बसेको बैठक गठन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा चक्र बिष्ट, महासचिवमा कृष्णराज पन्त, सचिमा डम्बर बिष्ट र कोषाध्यक्षमा पतिराम चौधरी चयन भएका हुन्। यस्तै सदस्यहरुमा इन्द्रबहादुर चन्द्र, हिरण्ढकुमार साउद, हरि भट्ट, महेन्द्र यादव, राजन भट्ट र लालबहादुर थापा चयन भएका छन्।

यसैगरि सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार प्रभातकुमार चौधरी, उप्रेन्द्रप्रसाद अवस्थी, उमेश गिरी, पर्वत भण्डारी, दिपेन्द्र शाही, गोपाल शाही र लालबहादुर देउवा चयन भएका छन्।

नयाँ कार्यसमितिले आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्ने उपाध्यक्ष चक्र बिष्टले बताए। प्रदेशका अन्य जिल्लाहरुमा पनि संगठन विस्तार गर्न तयारीमा रहेको उनले बताए। संघले गत वैशाख १७ गते आफ्नो प्रथम अधिवेशन समेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बालेन भन्छन्- बुझेर कदम चाल्नुहोला, महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं

सुर्खेत बस दुर्घटना : दुईजनाको मृत्यु, २१ घाइते

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

बैतडीमा एक पुरुषको शव फेला

नरभक्षी बाघ मर्‍यो

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल

यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने