सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

९७औँ अस्कर अवार्डका लागि नेपाली फिल्मको आवेदन खुला

२०८१ श्रावण १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विश्वको सर्वोच्च फिल्म अवार्ड अस्कर (द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेस)ले ९७ औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्ड) मा विदेशी भाषी चलचित्र विधामा नेपाली फिल्मका लागि आवेदन खुला गरिएको छ ।

सन् २०२५ मार्च २ आइतबारका दिन आयोजना हुने अस्करका लागि नेपाल फिल्म पठाउन अहिले आवेदन खुलाइएको हो । अवार्डको प्रतियोगितामा नेपाली फिल्मलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट फिल्म छनोट गरी उक्त प्रतियोगितामा प्रतिस्पर्धी फिल्मका रूपमा सिफारिस गरी जानकारी गराउन द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसबाट अनुरोध पत्र प्राप्त भएको छ । सोही अनुसार ९७औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली फिल्म निर्देशक तथा निर्माताहरूलाई समिति आवेदन मागेको हो ।

९७ औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन नोभेम्बर १, २०२३ (२०८० कार्तिक १५) देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका फिल्महरू योग्य हुनेछन् । त्यसका लागि २०२४ सेप्टेम्बर १२ तारिख अर्थात् मिति २०८१ भदौ २७ गते दिनको ५ बजेभित्र समितिको सचिवालयमा दर्ता गराउनुपर्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक

सित्तैमा ‘छक्कापन्जा–४’ देखाइने

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

एक्टरकी नायिका आनाको क्यारेक्टर पोस्टर सार्वजनिक

फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

सिनेमा ‘तेल भिसा’को दोस्रो गीत रिलिज (भिडिओ)

निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

फिल्म ‘खुस्मा’ को ट्रेलर सार्बजनिक