सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘फेरिल’ उपन्यास सार्वजनिक

२०८१ श्रावण २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सीमान्तकृत अल्पसङ्ख्यक दरै/ दराई समुदायलाई मुख्य पात्रका रूपमा चित्रण गरी रचना गरिएको उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण गरिएको छ । लेखक माधव बिडारीद्वारा लिखित सो उपन्यासमा सो समुदायको संस्कार, संस्कृति, अवस्था र मौलिकपनालाई समावेश गरिएको छ । उपन्यासकार बिडारीले भन्नुभयो, “करिब एक वर्षअघिसम्म मैले दरै समुदायका बारेमा सुनेको पनि थिइनँ । दरै जातिका अध्ययन तथा बुझ्ने हुटहुटीले दरैको बसोबासस्थल रहेर यस समुदायको इतिहास, संस्कृति, संस्कार र जीवनशैलीसम्मका विषय उपन्यासमा समेटेको छु ।”

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले आइतबार उपन्यासको लोकार्पण गर्दै दरै समुदायको संस्कार, संस्कृति र रहनसहनको विषयमा समेटिएर लेखिएको उपन्यासले समुदायसँग सम्बन्धित सबै कुराको संरक्षणको दायित्व बढाएको बताउनुभयो । नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले उपन्यासले समग्र जातिसँगै दरै समुदायलाई उपन्यासको कथाका मुख्य पात्र राखेर संस्कार, संस्कृति जोडिएको छ भन्नुभयो ।

दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले उपन्यास ‘फेरिल’ले समुदायमा लुकेर रहेका विषयलाई समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दरै समुदायको भाषा, संस्कार, संस्कृति, रहनसहन र बसाइँसराइका विषय उपन्यासले उजागर गरेको छ । यसले समुदायलाई सचेत गराउनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

राष्ट्रकवि पुरस्कार वरिष्ठ गीतकार खरेललाई

नयाँघरेको नयाँ निबन्धसंग्रह ‘आगोको बीउ’

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई

प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

कलिङ्गा साहित्यिक महोत्सव सुरु

पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत

चार अग्रणी महिलाको जीवन कथा लोकार्पित

जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित