सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पेरिस ओलम्पिकको अन्तिम दिन: कसले कति जिते पदक?

२०८१ श्रावण २७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फ्रान्सको पेरिसमा जारी ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।

सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक सहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ। प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ।

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ। पदक तालिकाको चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ। १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ।

आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२ पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन्।

इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।
ओलम्पिक अन्तर्गत आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

गाब्रियलको गोलमा आर्सनल विजयी

प्रधानसेनापति ट्रफी २०८१ सुरु

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

पोखरा महानगरले पलेशालाई रु दुई लाख २२ हजारसहित सम्मान गर्ने

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी

एनपीएलका ८ मार्की खेलाडीको घोषणा