सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादी बैठकमा पार्टी नेतृत्व हस्तान्तरणको बहस

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी कमिटी बैठकमा पार्टी नेतृत्व हस्तान्तरणको बहसले प्रवेश पाएको छ । पार्टीको नाम, चुनावचिह्न फेर्नुपर्नेलगायतका विषय यसअघिका बैठकमा उठेको भए पनि यसपटक भने नेतृत्व हस्तान्तरणको विषयले पनि प्रवेश पाएको हो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबारको बैठकमा पार्टीको नाम, चुनावचिह्नका साथै पार्टी नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेस गर्दै पार्टीको नाम र चुनावचिह्न पनि परिवर्तन गर्न भनेका छन् ।

पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र कामअनुरूप तालमेल हुनेगरी पार्टीको नाम परिवर्तन गर्ने, साथै आमजनताले सहज रूपमा स्वीकार गर्नेगरी चुनावचिह्न फेर्ने’ प्रस्ताव बैठकमा राखेका हुन् ।

यसैगरी, अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै शर्माले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सुझाएका छन् । उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने, हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने ।’

शर्माले हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने प्रस्तावसमेत राखेका छन् । बैठकमा उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाइएको खुलासासमेत गरेका छन् ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा

सिन्धुलीमा जापनिज इन्स्फलाईटिसबाट एकजनाको मृत्यु

नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

राजदूत अनुमोदन अन्योलमा

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

बोल्न छाडेर बालक खेलाएपछि…

औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

कस्तो छ आजको मौसम पूर्वानुमान

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

सिन्डिकेट खारेज गर्ने निर्णय बदर