सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रस्तावित राजदूतको नाम सुनुवाइका लागि पत्राचार

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन २८ गते । विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।

परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १७ जनाको नामावली सुनुवाइका लागि प्राप्त भएको र चाँडै प्रारम्भिक प्रक्रिया अघि बढ्ने बताउनुभयो । गिरीले भन्नुभयो, “१७ जनाको नामावली प्राप्त भएको छ । समितिको प्रारम्भिक बैठक चाँडै बस्ने छ ।”

मन्त्रीपरिषद्ले यसअघि भारतबाट फिर्ता बोलाइएका राजदूत डा. शङ्करप्रसाद शर्मालाई पुनः भारतमै सिफारिस गरेको थियो । शर्माको पनि संसदीय सुनुवाइका लागि नाम पठाइएको छ ।

यस्तै नरेशविक्रम ढकाल साउदी अरब, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा. धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतका लागि सिफारिस हुनुभएको छ ।

निर्णय अनुसार जङ्गबहादुर चौहान रुस, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पौडेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छ ।

समितिले अब प्रारम्भिक बैठकबाट सुनुवाइको प्रक्रिया अघि बढाउने छ । प्रारम्भिक बैठकबाट प्रस्तावित पदाधिकारीउपर सरोकारवाला तथा सर्वसाधारणबाट उजुरी आह्वान हुने छ ।

उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग पहिले छलफल गर्ने छ । त्यसपछि प्रस्तावित पदाधिकारीको सुनुवाइ गर्ने छ । उजुरी नपरेको अवस्थामा सिधै प्रस्तावित पदाधिकारीलाई सुनुवाइमा बोलाइने छ । गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जुवाको खालबाट पूर्व गाउँपालिका अध्यक्षसहित ९ जना प्रहरीको फन्दामा

सिन्धुलीमा जापनिज इन्स्फलाईटिसबाट एकजनाको मृत्यु

नियमावलीले निम्त्याएको बार–बेन्च द्वन्द्व

सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूषण बजेट अभावले ५ वर्षदेखि अवरुद्ध

राजदूत अनुमोदन अन्योलमा

यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै

बोल्न छाडेर बालक खेलाएपछि…

औषधी उद्योगीका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

कस्तो छ आजको मौसम पूर्वानुमान

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

सिन्डिकेट खारेज गर्ने निर्णय बदर