सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धनगढी उपमहानगरको ‘आमा बचाउ’ अभियान प्रभावकारी

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २८ श्रावण । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ ।

उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९/८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०/८१ गरी दुई वर्षमा चार सय ५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिनुभयो । “ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन”, उहाँले भन्नुभयो, “यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।”

‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नं. १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन । उहाँहरूलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।”

चालु आवमा पनि अभियान निरन्तर रहेको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताउनुभयो । “हामी यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजनामा छौँ”, उहाँले भन्नुभयो, “चालु आवमा थप एउटा एम्बुलेन्स पालिकाले ल्याइसकेको छ । त्यो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

वृद्धाश्रममा नेपाली सेनाको निःशुल्क स्वास्थ्य परीक्षण

यसकारण झर्छ कपाल, यी हुन् रोकथामका उपाय

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

चितवनबाट काठमाडौँ जाने बिरामी घटे

ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया