सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लागु औषध ओसारपसारमा संलग्न युगलजोडी प्रहरी फन्दामा

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज । लागू औषध दूव्र्यसनीमा आकर्षित कारोवारी र प्रयोगकर्ताले दिनरात तयारी अवस्थाको लागु औषध नेपाल भित्र्याउने क्रम सीमावर्ती ईलाकामा नौलो थिएन । हुँदा–हुँदा छिमेकी मुलुकबाट कारोवारमा सम्लग्न केही श्रीमान्–श्रीमती नै तयारी अवस्थाको लागु औषध बोकेर नेपाल छिर्न थालेको भेटिनु चाही अलि नौलो भएको हो ।

तयारी अवस्थाको लागु औषध खपत गर्न श्रीमान–श्रीमती नै नेपाली भूमिसम्म आउन उद्धत्त हुनु सामान्य कुरा नभएको स्थानीय बुद्धिजिबीहरुको भनाइ छ । वैदेशिक रोजगारीमा जान नसकेका र छुटेका युवाहरुलाई यो तहसम्मको हर्कतले कहाँसम्म पु¥याउँछ ? उनीहरुले भन्न कठिन भएको तर्क गरे ।

लागु औषधको कारोवार र प्रयोगको लतमा फसेका नेपालीहरु नै सीमा उपार भारतीय बजारसम्म पुगी तयारी अवस्थाको लागु औषध लुकाई छिपाई पैठारी गर्दै व्यापक संजाल खडा गरिसकेका छन् । यसै बीचमा उताका कारोवारी पनि श्रीमान्–श्रीमती युगल नै नेपाली भूमिमा प्रतिवन्धित लागु औषध सहित भेटिनु राम्रो संकेत नभएको पर्सा प्रहरीको पनि भनाइ छ । यो वडो बिडम्वना भएको सीमावर्ती इलाकामा ड्यूटिमा खटेका सुरक्षाकर्मीले पनि बताए ।

गएको बिहिबार यस्तै तथ्य सीमावर्ती वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा फेला परेको हो । ठूलो परिणामको तयारी अवस्थाको लागु औषध खपत गर्न नेपाल छिरेको त्यो युगल जोडी मुलुकको प्रमुख भन्सार नाका अगाडी सामान सहित पक्राउ परे । उनीहरुले नेपाली सुरक्षाकर्मीलाई यत्तिकै झुक्याउन सकिन्छ भनी सेतो बोराभित्र ४ हजार ५ सय ४ पीस ‘थ्रोमा ५०’ लेखिएको तयारी अवस्थाको लागु औषध ट्याव्लेट ल्याएका रहेछन् पर्साका प्रहरी नायव उपरिक्षक दीपक भारतीले बताए । दशी नै फेला परेपछि उनीहरुलाई पर्सा प्रहरी कार्यालयमा ल्याई अनुसन्धानमा लागेको उनको भनाइ छ । प्रहरी नियन्त्रणमा परेका कारोवारी महिला पुरुषदुवै श्रीमान–श्रीमती रहेछन् उनले भने ।

भारतबाट नेपाल तर्फ शंकास्पद तवरले आउँदै गरेका उनीहरुलाई सीमामा खटेका प्रहरीले रोकेर रीत पु¥याई खानतलासी लिंदा बोरा भित्र (च्इज्ःब् छण्) लेखिएको १० ट्याव्लेटको ४ सय ४८ पत्ता र काटेको २४ पिस गरी कुल ४ हजार ५ सय ४ पीस लागु औषध ट्याबलेट बरामद भएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए । लागु औषध सहित पक्राउ परेका अभियुक्त धुरेन्द्र राम र मधु देवी दुवै भारतको विहार जिल्ला मोतिहारी सकराहा थाना वडा नं.९ का वासिन्दा रहेछन् । उनीहरु श्रीमान–श्रीमती पनि रहेछन् पर्सा प्रहरीले जनाएको छ ।

महिला त्यसमा पनि श्रीमान श्रीमती नै यसरी तयारी लागु औषध कारोवारमा संलगन भेटिनु सुरक्षाकर्मीको आँखा छल्न सहज हुने अपेक्षा हुन सक्ने पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए । सीमाका प्रहरीले पछिल्लो समय दैनिक जसो लागु औषध कारोवारी र प्रयोगकर्ता पक्राउ गरिरहेको छ । प्रहरीले सुरक्षाका अन्य कामभन्दा पनि लागु औषधसँग सम्बन्धीतकै अगाडी पछाडी पर्नु पर्ने चुनौति हरेक दिन थपिएको उनको तर्क छ ।

यो शैलीले समाज कता पुग्छ ? भन्ने चिन्ता बढेर गएको प्रहरी उपरीक्षक ढुंगेलले बताए । सीमामा महिला पुरुष सहित हिड्नेको ताँती हुन्छ । यसै क्रममा उस्तै हाउभाउमा हिड्दा कम शंका गर्ने र सहजै गन्तव्यमा पुग्न सकिने कारोवारीको ठम्याई हुन सक्छ । तर उनीहरुको हुलिया र शैलीले प्रहरीले झन चाडो चिन्ने हुँदा कारोवारी र प्रयोग कर्ताले अपेक्षा गरे जस्तो सहज त छैन पर्साका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक ढुंगेलले बताए । यो जालो तोड्न सुरक्षाकर्मीसँगै समाज नै जुरुक्कै उठ्न पर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जबर्जस्ती करणी मुद्दाका कैदी शौचालयबाटै फरार

गाउँपालिकाका पूर्वअध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ

कोलकोता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

शौचालयबाट कैदी फरार

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

झापामा दुई दिनमा दुई जनाको हत्या

ट्राफिक प्रहरीको लापसे चेकिङ, दुई चालक नियन्त्रणमा

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

भरुवा बन्दुक पड्किदा एकजना घाइते, थप अर्को बन्दुक बरामद