सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राज्यको सर्वाङ्गीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक: राष्ट्रपति

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।

राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो- ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’

युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उहाँले हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरू छन्, तीनलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भतारिन पर्ने छैन भन्नुभयो । “यसका लागि हाम्रा स्रोत र सम्भावना अनुरूपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो,”राष्ट्रपति पौडेलले भन्नुभयो ।

राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भन्नुभयो– ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतीक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’

उहाँले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्नका लागि २०५२ सालदेखि सरकारले युवा,  खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गर्नुभयो । उहाँले नवौं पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको पनि स्मरण गर्दै भन्नुभयो – ‘२०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति,  २०७२  जारी भयो ।’

राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नवीनतम विकासको सन्दर्भमा  युवा सम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति,  भाषा,  धर्म,  संस्कृतिबिच सहिष्णुता कायम गर्दै  युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।’

राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउनुहुँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसाङ्ख्यिक लाभ लिई  राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति

संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्यन गर्छ- प्रधानमन्त्री ओली

सहकारी ठगि छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली

सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीको अठोट

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति यादवसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री