सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापु’, जुन ब्रिटिसकाे पनि कब्जामा थियाे

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ ।

के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । र, म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ। ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएको थिए । उनीहरुले यसको नाम ‘जजिरा’ राखेका थिएँ । त्यसपछि ब्रिटिस सरकारले कब्जा गर्यो।

चटगाउँका उपायुक्तको नाममा यस टापुको नाम ‘सेन्ट मार्टिन’ टापु राखिएको थियो। यस टापुलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिराु’ (नारियल टापु) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ। यो बंगलादेशको एकमात्र कोरल टापु हो।

पर्यटनका अलावा यो टापु व्यापारका लागि पनि महत्त्वपूर्ण छ। यस टापुमा ९ वटा गाउँ छन्, जसमा करिब ३ हजार ७ सय मानिस बस्छन् । उनीहरुको पेशा माछा मार्ने, धान र नरिवल खेती हो । यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकैको देश म्यानमारका मानिसहरूलाई बेच्छन्।

भौगोलिक अवस्थिति महत्वपूर्ण छ, यहाँबाट चीन–भारत अनुगमन गर्न सकिने जनाईएको  छ । सेन्ट मार्टिनको भौगोलिक स्थान धेरै महत्त्वपूर्ण छ। डेली स्टारका अनुसार यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्नेछ। चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ । यो टापु चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ।

चाखलाग्दो कुरा के छ भने म्यानमारले पनि सेन्ट मार्टिन टापुमाथि दाबी गरेको छ । सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भए पछि पनि यो टापु ब्रिटिस इन्डियाको हिस्सा रह्यो। सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापुमा आफ्नो नियन्त्रण कायम राखेको थियो। तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।

सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापुमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुबैले सेन्ट मार्टिन टापुमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए ।

सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापु’ लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो। तर, बंगलादेशको आपत्तिपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो । यसअघि पनि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिक माथि आक्रमण गरिसकेका छन् ।

रिपोर्टका अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि पनि उक्त टापु प्रयोग गर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान