सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षामन्त्री मानवीर राईले गरे सैनिक मुख्यालयको निरीक्षण भ्रमण

२०८१ श्रावण २८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ साउन : रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । रक्षा मन्त्रीमा नियुक्त भएपश्चात् उहाँले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिनु भएको हो ।

जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री राईसमक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूका बारे जानकारी गराइएको थियो ।

कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले नवनियुक्त रक्षामन्त्रीलाई नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गर्नु भएको थियो ।

सम्बोधनको क्रममा रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गर्नु भयो । समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसला सहित कर्तव्य पथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आव्हान गर्नु भयो ।

उक्त कार्यक्रममा रक्षासचिव रामेश्वर दङ्गालले नेपाली सेनाको समयसापेक्ष क्षमता विकाश एवम् आधुनिकीकरण, दीर्घकालीन सोच(२०८७ को सफल कार्यान्वयन, विकास निर्माणका कार्यहरूमा सहजीकरणका लागि नेपाली सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेट लगायतका विषयहरूमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउनु भयो ।धन्यवाद मन्तव्य व्यक्त गर्नुहुँदै कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले गौरवशाली संस्थाको परम्परा अनुरूप सङ्गठनलाई अगाडि बढाउन अग्रजहरूको अथक प्रयासबाट स्थापित नेपाली सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्ने तर्फ आफ्नो निरन्तर पहल रहने बताउनु भयो । उहाँले नेपाली सेनाको अपरेशनल क्षमता थप अभिवृद्धि गर्न श्री रक्षा मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत रक्षा मन्त्रालय तथा नेपाली सेनाबिचको सम्बन्ध थप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमको आरम्भमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो । त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

असोज ३ गते दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

सिमलतालमा ट्रक दुर्घटना

नेपालले जलवायुका हानिकारक चुनौतीको सामना गर्नुपरेको छ : वनमन्त्री

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित