सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

म निर्वाचित भएँ भने अमेरिकी इतिहासकै ठुलो निर्वासन गराउने छु : ट्रम्प

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङटन डिसी, २९ साउन । आसन्न अमेरिकी निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्प र सामाजिक प्लेटफर्म एक्सका मालिक एलन मस्क दुवैले अमेरिकाको दक्षिणी सीमा व्यवस्थापनको आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कले आफ्नो मंगलबार बिहान एक्सकाे स्पेश कुराकानीको क्रममा अमेरिकन अध्यागमनको बारेमा लामो छलफल गर्ने क्रममा अबैध आप्रवासनका बारेमा खुलेर कुरा गरेका छन् ।

मस्कले अमेरिकाले अवैध आप्रवासलाई सीमित गर्न आवश्यक रहेकोमा जोड दिदैँ अमेरिकाको दक्षिणी सिमा यात्राको क्रममा भोगेको र देखेको घटना सुनाउँदै भने कि, ‘त्यहाँ देखिएका मानिसहरू मैत्री देखिएनन्।’ दक्षिण सिमावाट अमेरिका छिर्न खोजिरहेका मानिसहरू क्यापेबल नभएको भन्नेमा उनीहरू दुबै सहमत भएको सीएनएनले जनाएको छ ।

ट्रम्पले आफ्नो पुर्ववत दावीहरू दोहोर्याए कि अन्य देशका ‘अपराधी र मानसिक रोगी’ अमेरिकाको सीमा भित्र छिर्दैछन । ट्रम्पले राष्ट्रपति जो बाइडेनको ‘सीमा रक्षक नियुक्त’ गरेको भन्ने दाबी झूटो भएको उल्लेख गर्दै सीमाका मुद्दाहरूको लागि उपराष्ट्रपति कमला ह्यारिसलाई पनि दोष दिएका छन्  ।

तर, पूर्व राष्ट्रपतिले यदि आफु निर्वाचित भएमा याे प्रतिबद्दता जनाए कि, ‘हामी निर्वाचित भयाैं भने हामीले यो देशको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान