सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २९ श्रावण । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्य समिति बैठक तीन दिनदेखी जारी छ। ललितपुरको साना गाउँमा आइतबारदेखी शुरु भएको बैठक भोली बुधबार सम्म हुने भएको हो ।

चार दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेन्डा प्रस्तुत गरेको छ । वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भुमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेन्डा छन् ।

त्यस्तै स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भुमिका, पार्टी बिस्तार र सुदृढीकरण कार्य योजनाको सम्बन्धमा जन परिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरु निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेन्डामा छलफल भईरहेको अध्यक्ष यादवले बताए।

बैठकमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसदलाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जसपा, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सहकारीको बचत हिनामिनामा रवि लामिछाने दोषी ठहर

संबैधानिक परिषदको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने सरकारको निर्णय

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न सकिँदैन : नेता सिटौला

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश- सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँ

माओवादी केन्द्रले राष्ट्रियसभाको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने