सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायलविरुद्ध इरानले दिएकाे धम्कीबीच ५ देशकाे संयुक्त वक्तव्य जारी

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपूर्वको अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गरेका छन्।

उनीहरूले उक्त क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि सम्झौतामा पुग्ने कुरामा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।

‘हामी चाँडोभन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ यस हप्ताको अन्त्यमा फेरि वार्ता सुरु गर्न राष्ट्रपति बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी र कतारका अमिर तमिमले गरेको संयुक्त आह्वानलाई समर्थन गर्दछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, ‘सबै पक्षले आआफ्ना जिम्मेवारी पूरा गर्नैपर्छ। साथै गाजामा बिना कुनै बाधा सहायता सामग्री पुग्न आवश्यक छ।’पाँच देशले इरानी आक्रमण र यसले समर्थन गर्ने चरमपन्थी संगठनविरुद्ध इजरायलको रक्षाका लागि समर्थन व्यक्त गरेका छन्।

उनीहरूले इरानबाट इजरायलविरुद्ध सैन्य आक्रमणको निरन्तर धम्की रोक्न पनि आह्वान गरेका छन्। साथै वक्तव्यमा यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि चर्चा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान