सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्रम्पले भने, ‘कमलाले बढी भीड देखाउन एआईकाे सहारा लिइन्’

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन्। यो र्‍याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैको ध्यानाकर्षण भयो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन् तर त्यस्तो थिएन। उनको प्रतीक्षामा कोही थिएन। उनले ठगी गरेकी छिन् ।’

कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दावीलाई खण्डन गरेको छ। उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए । उनीहरुको आरोप छ, ट्रम्पको उर्जा घट्दै गएको देखिन्छ । उनले पछिल्लो एक सातादेखि स्विङ स्टेटमा कुनै र्‍याली गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान