सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विगतका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउन दलहरुले हदम्याद राख्न खोजेः सन्तोष परियार

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचार निवारण सम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विरोध गर्ने भएको छ ।

आज (मंगलबार) बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारजन्य मुद्दामा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निश्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको कसुरमा कुनै पनि बेला मुद्दा चलाउन पाउनुपर्ने बताए । उनले निश्चित हदम्याद राखेर राजनीतिक दलहरुले विगतमा गरेको भ्रष्टाचारबाट उन्मुक्ति पाउन खोजेको टिप्पणी गरे । भ्रष्टाचारजन्य मुद्दामा ५ वर्षको हदम्याद राख्ने छलफल भइरहेको छ ।

‘भ्रष्टाचार निवारण सम्बन्धी कानुन जो बनिरहेको छ, त्यसमा हदम्याद राख्ने कुरा भएको छ । त्यो कदाचित स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका हुँदाखेरी मुद्दा चल्न सक्छ । त्यसलाई निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । बेजोडका साथ संसद्मा उठाउने भन्ने कुरा भएको छ,’– प्रमुख सचेतक परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

युएईको मध्यस्थतामा रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान