सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्राज्ञिक विद्यार्थी परिषदद्वारा ओख्रेनी र बालसुधार माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँको सुन्दरीजलमा रहेको श्री ओख्रेनि मावि र श्री बालसुधार मावि लाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मंगलबार विद्यार्थी परिषद्ले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मावि र सुन्दरीजलको ओख्रेनि माविका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन्,

परिषद्ले यस वर्ष भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाको समन्वयमा देशको १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप साउन २९ गते मंगलबार परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मावि र बालसुधार माविबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेको छ ।

उक्त वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर सान्नानि लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, सेवा र बिकासका लागी युवाका बाग्मति प्रदेशका उपाध्यक्ष डा. प्रेमराज न्यौपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वि जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गोकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि माविका प्राचार्य देवराज भट्टराई, बालसुधार मा। वि।का प्राचार्य हेमराज घिमिरे लगायत वडा सदस्यहरू,वि। वि।स। का सदस्यहरू, विद्यार्थी कल्याणकारी कोषका पदाधिकारी लगायतका व्यक्तित्वहरू विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ ।

उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अविरल वर्षाले बाटो भत्किँदा दुई दिनदेखि विद्यालय बन्द

काठमाण्डौं विश्वविद्यालय र गण्डकी बोर्डिङ स्कुलबीच सहकार्य

नारायण क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

शिक्षा मन्त्री र शिक्षा सचिवबीच कार्यसम्पादन करार सम्झौता

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन शिक्षामन्त्रीको निर्देशन

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने, ५० सिट छुट्याइयो

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री ओली

विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम सबै स्थानीय तहमा पठाइयो- प्रधानमन्त्री ओली

‘अभिभावकको अनुमतिमा विद्यार्थी रुस पठाउन सकिने’

शिक्षा क्षेत्रका समस्या समाधान सरकारको पहिलो प्राथमिकतामा’