काठमाण्डौः शिक्षालाई पेशा बनाएर संगीतमा रुचि राख्ने सुर्खेतका प्रकाश शाहीले नयाँ तीज गीत ‘पिर’ सार्वजनिक गरेका छन्।
गायिका सुनिता बुढाकाे स्वरमा रहकाे भिडियो साेमबार सार्वजनिक भएकाे हाे। गितकाे भिडियो प्रकाश शाही युट्टुव च्यानलमार्फत् सार्वजनिक गरिएकाे हाे।
तीज गीतमा मौलिकता हराउँदै गएकोमा चौतर्फी आलोचना बढी रहेको बेला मौलिकतामा आधारित तिजको वास्तविक पहिचान झल्काउने गरि भिडिया निर्माण गरिएको शाहीकाे भनाइ छ।
उक्त गितमा प्रकाश शाहीको शब्द, बरिष्ठ संगितकार गंगा के. सी. को संगित रहेकाे छ। यस्तै झरान सावद र धनकली शाहीको अभिनय, बिपिन आचार्यको संगित संयोजन, प्रबिन शाहीको कोरियोग्राफि, गोपाल रुचालको छायांकन र सम्पादन, अनि गितका सर्जक प्रकाश शाहीकै निर्देशनमा तयार पारिएको छ ।