सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ पद (सूचीसहित)

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

गाउँपालिका तथा नगरपालिकाका महत्त्वपूर्ण पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको विष्टको भनाइ छ । सोही प्रयोजनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गरेको विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थप व्यवसायिक बनाउन प्रयत्नशिल छौं- गृहमन्त्री लेखक

राजदुत बारे निर्णय गर्ने संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

सहकारी बारे संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्- प्रचण्ड

‘आवश्यकताका आधारमा संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ’

विमान निर्माण कम्पनी बोइङका कर्मचारी हडतालमा

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

राष्ट्रपतिसमक्ष विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक