सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २९ साउनः स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।
विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालनगरी नियमित बिरामीको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगानी गर्ने÷गराउने कार्य गरिरहेको जानकारी दिएको छ ।
“प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य र समन्वयमा  सफाइ र पानीको गुणस्तर परीक्षणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ भने द्रूत प्रतिकार्य टोली परिचालन भएको नियमित केस अनुसन्धान भइरहेको छ”, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रभावित क्षेत्रमा थप बिरामीको सक्रिय खोजी भइरहेको छ, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी हुनु तथा विभिन्न विज्ञ टिमको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउन सम्बन्धित सङ्घसंस्था तयार सरोकारवाला निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रुपले पूरा गर्ने निर्णय गरिएको छ ।”
आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमार्फत स्वास्थ्य शिक्षाका सामग्री तयारगरी प्रसारण गरिएको तथा झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ ।
जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखलाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्कगरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ ।
जनचेतना तथा सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच कार्य भइरहेको, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन (बैठक, छलफल, स्वास्थ्य सामग्री वितरण, रेडियो–टेलिभिजन, टेलिकम, फेसबुक र इन्स्टाग्राम आदिबाट सूचना÷जानकारी प्रदान) गरिएको महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

वृद्धाश्रममा नेपाली सेनाको निःशुल्क स्वास्थ्य परीक्षण

यसकारण झर्छ कपाल, यी हुन् रोकथामका उपाय

गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै

सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने

काठमाडौँ उपत्यकामा ९ सय ५८ जनामा डेंगु सङ्क्रमण

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

चितवनबाट काठमाडौँ जाने बिरामी घटे

ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया