सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चर्च ब्वाइज पारोसँग पराजित

२०८१ श्रावण २९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गरेको हो । पारो एफसीको जितमा किंगा वाङ्चुक र विलियम ओपोकुले एक÷एक गोल गरे । खेलमा ३८औँ मिनेटमा लाकेन लिम्बुले गोल गरेपछि चर्च ब्वाइजले अग्रता लिएको थियो । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गरेका थिए ।

तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए । खेलको ६६औँ मिनेटमा पारो एफसीका लागि विलियम ओपोकुले निर्णायक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

गाब्रियलको गोलमा आर्सनल विजयी

प्रधानसेनापति ट्रफी २०८१ सुरु

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

पोखरा महानगरले पलेशालाई रु दुई लाख २२ हजारसहित सम्मान गर्ने

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी

एनपीएलका ८ मार्की खेलाडीको घोषणा