सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शेख हसिना बिरुद्ध दायर भयो तेस्रो मुद्धा

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बंगलादेशका पुर्व प्रधानमन्त्री शेख हसिना बिरुद्ध थप मुद्धा दर्ता भएको छ ।

राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिना बिरुद्ध मुद्धा दर्ता गरेको हो ।

बंगलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको छ। शेख हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो। बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन ।

अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन (एफआईआर) का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ। यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

मंगलबार अबु सईद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जना विरुद्ध यस्तै हत्याको मुद्दा दायर गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च

फ्रान्स र इङ्ल्यान्डबीचको समुद्र पार गर्ने क्रममा आठ जनाको मृत्यु

ट्रम्पमाथि फेरी हमलाको प्रयास

इरानले चाम्रान–१ अनुसन्धान उपग्रहलाई कक्षमा पठायो

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

टर्किमा पास्ता कारखाना विस्फोटमा २० जना घाइते

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

उत्तर कोरिया किएभका लागि ‘सबैभन्दा ठूलो’ खतरा : युक्रेनी गुप्तचर प्रमुख

फेडले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी