सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिसिभाबाट पारित भएको छ। बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ। शीर्ष दलको कार्यदलले विवादित विषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो।

२०७९ चैत ५ गते प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीनजनाको उम्मेदवारी

सहकारी ठगि छानबिन गर्ने संसदीय समितिले भोलि प्रतिवेदन संसदमा पेश गर्ने

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

सभामुखले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक शुरु

सभामुखले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ पूरा