सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजी गर्न राजदूतसँग आग्रह

२०८१ श्रावण ३०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजबिन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् ।

पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजबिनका लागि आग्रह गरेका हुन् । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताए । “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजबिन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उनले भने ।

बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् । राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले सुनाए । ​

नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका थिए । बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

असोज ३ गते दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

च्यानल पार गर्ने क्रममा आठ आप्रवासीको मृत्यु’ : फ्रान्सेली अधिकारी

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

सिमलतालमा ट्रक दुर्घटना

नेपालले जलवायुका हानिकारक चुनौतीको सामना गर्नुपरेको छ : वनमन्त्री

साउथहम्पटनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित