सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

२०८१ भाद्र २७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २७ भदौः रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताउनुभएको छ ।
रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उहाँले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताउनुभयो ।
मन्त्री राईले भन्नुभयो, “नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ । सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ ।”
प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।
रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्र्ने हुँदा दुवै निकयबीच  सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ ।”
निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेनाजस्तो पवित्र सङ्गठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताउनुभयो । उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।
सेनाको थप सङ्गठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौँ–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्वप्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ: पूर्वमन्त्री साउद

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ – गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा विकास कार्ययोजनामाथि छलफल

राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस

परराष्ट्रमन्त्री राणासँग रूसी राजदूत नोभिकको भेटवार्ता

अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको सदस्यमा जसपा नेपाल निर्वाचित

मेलम्चीबासीकाे घर–घरमै पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छु: मन्त्री यादव

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुहोस्)

चीनसँग पनि विद्युत व्यापारका लागि कुराकानी भइरहेको छ: मन्त्री खड्का

लाभग्राहीहरुको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन