सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यसकारण झर्छ कपाल, यी हुन् रोकथामका उपाय

२०८१ भाद्र २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  शीर अर्थात् टाउकोको रौँलाई कपाल (केश) भनिन्छ । पछिल्लो समय धेरै मानिस कपाल झर्ने कारणले चिन्तित रहने  गर्छन् ।

हुनतः कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो तर, अस्वाभाविक रूपले कपाल झर्छ भने त्यो चिन्ताको विषय हो ।कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । तर एकाएक कपाल झर्ने समस्या के कारणले हुन्छ त्यो भने जानिराख्नु पर्छ । कपाल झर्नेको थुप्रै कारण मध्ये मुख्य १० कारण यस्ता छन् :

१. रोग तथा तनाव

शल्यक्रिया भएपछि, दुर्घटना वा गम्भीर बिरामी परेपछि मानिसको कपाल झर्न थाल्दछ । साथै यदि मानिस अत्यधिक तनावमा छ भने उसको कपाल झर्ने क्रम तीव्र हुन्छ । तर तनावका कारण झर्न थालेको कपाल कालन्तरसम्म झर्ने गर्दछ ।

२. गर्भ रहेको बेला
कतिपय महिलामा गर्भधारणको समयमा पनि कपाल झर्ने गर्दछ । यो अवस्थामा कपाल झर्नु सामान्य हो । तथापि यस्तो अवस्थामा कपाल झरे पनि पछि कपाल पुनः पलाउन थाल्दछ ।

३. औषधि वा भिटामिन सेवन
यदि कोही मानिस अत्यधिक मात्रामा औषधि वा भिटामिनको सेवन गर्छ भने उसको समेत कपाल झर्ने गर्दछ । यस्तोमा भिटामिनको प्रयोग कम गरेसंगै कपाल झर्ने क्रम रोकिन्छ ।

४. कम प्रोटिन
यदि शरीरमा आवश्यकता अनुसारको प्रोटिन पुगेन भने पनि कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको २/३ महिनाबाटै कपाल झर्ने समस्या शुरु हुन्छ । तर शरीरमा प्रोटिनको मात्रा पुग्यो भने कपाल झर्ने क्रम रोकिन्छ ।

५. हर्मोन
आजकल धेरै मानिसमा कपाल झर्ने समस्या हर्माेनका कारणले हुने गर्दछ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेल्ने गर्दछ । यसरी झर्ने कपाललाई पुनः पलाओस् भन्न मल्हम वा कपाल रोपेर पनि पहिले झैँ बनाउन सकिन्छ । कतिपयमा भने यसले सुधार नगर्न सक्छ ।

६. वंशाणुगत
कतिपय पुरुषमा तालु खुईलने समस्या सामान्य झैँ भएको छ । निश्चित उमेर पुगेपछि कपाल झर्नु वंशाणुगत कारणले हुने गर्दछ । परिवारमा बुवाआमा वा अन्य कोहीको कपाल झर्ने समस्या छ भने त्यो समस्या परिवारका सदस्यलाई हुनसक्छ ।

७. मानसिक तनाव
कतिपय मानिसमा हुने मानसिक तनावका कारणले पनि कपाल झर्ने समस्या हुनसक्छ । मानसिक रूपमा हुने तनावले मानिसलाई हर समय चिन्तामा राख्ने भएकाले सकेसम्म यसको निदान गर्नु पहिलो उपचार हुन्छ ।

८. आइरनको कमी
आजकल केही न्यून मानिसको शरीरमा आइरनको कमी रहने गर्दछ । जसका कारण कपाल झर्ने सम्भावना रहन्छ । आइरनको कमीले कपाल झर्ने समस्याका अतिरिक्त बेहोस हुने, टाउको दुख्ने, आँखा धमिलो हुने लगायतका समस्याहरू देखा पर्न सक्छ ।

९. भिटामिन बीको कमी
भिटामिन बीको कमीले पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरू फलफूल, माछा, मासु, तरकारी प्रशस्त मात्रा खानु उत्तम हुन्छ ।

१०. अनावश्यक क्रिम र स्ट्रेट
कपाल झर्ने अर्को मुख्य कारण भनेको कपाल सुन्दर बनाउने नाममा गरिने अनावश्यक क्रिमको प्रयोग तथा कपालमा गरिने रंगको प्रयोग पनि हो । साथै पटक पटक गरिने हेयर स्ट्रेटले पनि कपाल झर्ने समस्या हुने गर्दछ ।

रोकथामको उपाय

यदि कोही युवामा वंशाणुगत गुणका कारणले कपाल झर्दै गएको छ वा उमेर बढ्दै जाँदा वा हर्मोन परिवर्तनको कारणले कपाल झर्ने समस्या भए यो रोकथाम गर्न मुस्किल हुन्छ ।

तर अन्य अवस्थामा जस्तै हानिकारक खानपान, धूम्रपान, मद्यपान लगायतको सेवनबाट कपाल झर्ने समस्या भने मुख बार्नाले कम हुने गर्दछ ।

साथै मानसिक रूपमा तनाव लिने, कपालमा रसायनयुक्त पदार्थको प्रयोग गर्ने लगायतको बानी सुधारियो भने पनि कपाल झर्ने रोकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी संवेदनशील हुन आवश्यक: मुख्यमन्त्री कार्की

बाजुरा अस्पतालमा अक्सिजन अभाव

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

अर्थोपेडिक अस्पताललाई रसायन तथा मेडिकल आपूर्ति सङ्घको सहयोग

सिङमा हरियो रङ लगाएका खसीबोका मात्रै खरिद गर्न विभागकाे सुझाव

प्रभावितलाई तत्काल राहत वितरण गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन – स्वास्थ्य मन्त्रालय

रु १२ करोड लागतमा ट्रमा सेन्टर

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी