सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँ : उपप्रधानमन्त्री सिंह

२०८१ भाद्र २९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीर्तिपुर (काठमाडौँ), २९ भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

कीर्तिपुरमा आज आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौँ प्रथम जिल्ला परिषद्लाई सन्देश दिँदै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि देशका दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएको बताउनुभयो ।

कांग्रसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले ट्रेड युनियन ध्यान अब मुलुकको स्रोत साधनलाई कसरी उच्चतम रुपमा उपयोग गर्ने र युवा शक्तिलाई देशकै श्रम बजारतर्फ कसरी अकर्षित गर्ने भन्नेमा जानुपर्ने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको ट्रेड युनियन विभाग प्रमुख हरिशरण नेपालीले ट्रेड युनियन बलियो भए मात्र कांग्रेस बलियो हुने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष योगेन्द्र कुँवरले मजदुर आन्दोलनले औपचारिक र अनौपचारिक दुवै क्षेत्र समेट्नुपर्ने धारणा राख्नुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पार्टीमा भ्रम नफैलाउन भीम रावललाई चेतावनी

एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा

माओवादी केन्द्र उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ

माओवादी केन्द्र एक्लै चुनाव लड्छ : अध्यक्ष प्रचण्ड

कांग्रेसको थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्य मनोनीत

आगामी चुनाव माओवादी केन्द्र एक्लै लड्ने अध्यक्ष प्रचण्डको घोषणा

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपद्को सामना गर्न क्षमता विस्तारमा जोड

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण