सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानी टापुमा पहिरोको चेतावनी

२०८१ भाद्र ३०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, ३० भदौः एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ ।

चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।
“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भन्यो ।

उक्त आँधी सोमबार बिहान साङ्घाई नजिकै अवतरण हुने पूर्वानुमान गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले जापान र अन्य ठाउँमा भारी वर्षाको जोखिम बढाइरहेको छ । गत महिना, एक शक्तिशाली आँधीले जापानभरी निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा गएको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो ।रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ जनाको मृत्यु

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

भारतीय गाउँलेहरूले नरभक्षी बथानको अन्तिम ब्वाँसोलाई मारे

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण

इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार

नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन ः राष्ट्रपति बाइडेन

मेक्सिको सेनाले गोली चलाएको गाडीमा रहेका ११ नेपालीमध्य ३ घाइते

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन: बाइडेन