सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असोज ३ गते दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना हुने

२०८१ भाद्र ३०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेशनल डे कन्सर्ट आयोजना हुने भएको छ ।

आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कन्सर्टले देशको सांस्कृतिक सम्पदा, उपलब्धिहरू र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ ।

राष्ट्रिय र अन्तरर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्धन गर्न, युवा पुस्तामा एकताको भावना जगाउन र नागरिक संलग्नता बढाउन सहयोग पु¥याउने विश्वास समेत छ । कार्यक्रमको उद्देश्य आम जनतामा देशभक्तिको गहिरो भावना जगाउने, आफ्नो राष्ट्र, भाषा र संस्कृतिप्रतिको महिरो प्रेमलाई प्रोत्साहन गर्ने, संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र स्मरणीय रूपमा मनाउने, राष्ट्रिय एकता, सांस्कृतिक सम्पदा र भाषिक विविधताको प्रवर्धन गर्ने, नेपाली राष्ट्रिय गीत संगीतको प्रस्तुतिका साथ आम जनमानसमा राष्ट्रिय भावना सञ्चार गर्ने रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बताए ।

ख्यातीप्राप्त कलाकारहरूद्वारा राष्ट्रिय भावनाले ओतप्रोत गीत संगितको प्रश्तुती रहने बताइएको छ । राष्ट्रिय एकता, स्वाभिमान, र राष्ट्र प्रेमका विषयवस्तुहरूलाई केन्द्रित गर्दै कुटुम्ब, इलिमेन्ट्स, अन्तराः लगायतका व्यान्डहरू र समूहहरूले पनि प्रस्तुति दिनेछन् ।

नेशनल डे कन्सर्टलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक संगठन, नागरिक समाज र सर्वसाधारणहरूको सहयोग र समन्वय आवश्यक रहेको नेशनल डे कन्सर्ट वृहत नागरिक आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली दर्शन

नेपाली सेनाद्वारा खुर्काेटमा बेलिबृज जडान सुरु

बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता

दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

हमासको आक्रमणको वर्षगाँठको पूर्वसन्ध्यामा इजरायल सतर्क

गृह मन्त्रालय र अनशनरत सिलवालबीच पाँच बुँदे सहमति, अनशन तोडियो

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

प्रदर्शनका कारण इश्लामावादको जनजीवन प्रभावित

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

सङ्घीयताले देशलाई एकढिक्का बनाएको छ’

सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस