सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

२०८१ भाद्र ३१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट ३१ भदौः  पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको पट्टा भाँचेर आज बिहान यात्रुवाहक दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ।

काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाईते भएका थिए। घाईतेहरुको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा ३४ जना र सि.टी अस्पतालमा ९ जनाको उपचार भईरहेको छ ।

प्रसुती गृहमा उपचाररत मध्ये छ जना र सि.टी अस्पतालमा उपचाररत मध्ये २ जना गरी ८ जना बिरामीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय निजगढका ईन्सपेक्टर सुमित कुश्वाहाले बताएका छन् ।

उक्त बसको अगाडिको पट्दा भाँचेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

दसैंमा कस्तो रहला मौसम ?

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना