सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने

२०८१ भाद्र ३१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, ३१ भदौः ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ । हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ ।

जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।

मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हँुदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।

अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले जनाउनुभयो । उहाँले भन्नुभयो, “इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो । यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ । लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ ।”

वाद्यवादनका लागि काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

नवरात्री चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै

बडादसैँको तेस्रो दिनः गरियो चन्द्रघण्टा देवीको पूजाआराधना

‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

आज शनिवार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आफ्नो राशिफल

नवरात्रमा पनि सुनसान पाथीभरा

बडादशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

आजको राशिफल : मिथुनलाई टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने

पशुपतिमा नवरात्रि महोत्सव सुरु

वीरगञ्जको गहवामाईमा दशनार्थीको घुइँचो