काठमाण्डौं : प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा बसेको समिक्षा बैठकमा दुइ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयमा छलफल सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बिहिवार बसेको बैठकमा आर्थिक बर्ष २०७६/७७ को नेपाल सरकारको निती तथा कार्यक्रम र बजेटको भदौ महिनासम्मको समीक्षात्मक बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भिक २ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयहरूमा मन्त्रीहरु र कर्मचारीलाई छिटोभन्दा छिटो तदारुकताका साथ लाग्न निर्देशन दिएका थिए ।
बैठकमा उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा (बादल), सञ्चारमन्त्री गोकुल बास्कोटा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबू पण्डित, भुमी सुधारमन्त्री पद्मा अर्याल, खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, मुख्य सचिव लोकदर्शन रेग्मी लगायत केही मन्त्रालयका मन्त्री तथा सचिवहरूको उपस्थिती रहेको थियो ।
प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा सात मन्त्री अनुपस्थित रहेका थिए । अनुपस्थिति हुनेमा उपप्रधानमन्त्री उपेन्द्र यादव, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र वन मन्त्री शक्ति बस्नेत उर्जा मन्त्री वर्षमान पुन, पर्यटन मन्त्री योगेश भट्टराई छन् । केही मन्त्री काम बिशेषले उपत्यका बाहिर रहेकोले समिक्षा बैठकमा सामान्य छलफल मात्र भएको थियो ।