काठमाण्डौः पृथ्वी राजमार्गमा गुड्ने अधिकांस ठुला ओभरलोड गाडीहरूका कारण बिहानैदेखी सडक अवरूद्ध भएको छ ।
दैनिक रूपमा राजधानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधनहरू थानकोटदेखी सिम्लेसम्मको सडक खण्डमा अत्याधिक गाडीको दुइतर्फी चापले गर्दा सडक अवरूद्ध भएको हो ।
दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या क्रमिक रूपमा बढे पश्चात उक्त क्षेत्र भएर भित्रिने तथा बाहिरिने सवारीहरू घण्टौसम्म पृथ्वी राजमार्गमा लाइनमा बसेका छन् ।
गल्छीको भल्टारमा लेदो खसेर सडक अवरूद्ध
धादिङको गल्छी गाउँपालिका-७ बैरेनीबजार नजिक भल्टारमा सडक माथिबाट आएको लेदोले सडक पुरिदाँ बिहानै केही बेर दुइतर्फि पृथ्बी राजमार्ग अवरुद्ध भएको छ । बिहान साँढे सात बजे सडक माथिबाट खसेको लेदोका कारण उक्त सडक आधा घण्टा अवरूद्ध भएको थियो ।
अवरुद्ध सडक खुलाउन बिहानैदेखी नै डोजरहरू परिचालन गरिएका कारण उक्त सडक सुचारू भएको धादिङ्ग स्थित पत्रकार पोषनाथ अधिकारीले जनाएका छन् । राजमार्गका अधिकांस स्थानहरूमा सडकभन्दा माथिको जग्गामा बालुवा निकालिएको कारण वर्षातका समयमा लेदो सडकसम्म आउने गरेका कारण बाटो अवरूद्ध हुने गरेको छ ।