काठमाण्डौं : राजधानिको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा गर्नुभएको छ ।
सन् २०११ देखि विद्यालय र जिल्ला तह हुदै सुरु गरिएको सो अभियानमा नेपालको कास्की जिल्लालाई पहिलो पटक खुला दिसामुक्त जिल्ला घोषणा गरीएको थियो ।
यसअघि स्थानीय तह र प्रदेश सरकारको प्रयासबाट नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउन सफल रहेको स्मरण गराउदै सन् २०३० सम्म नेपाललाई फोहोरमैला मुक्त देश बनाउनको लागि सबै नेपालिले आ-आफ्नो क्षेत्रबाट अग्रसर भई सहकार्य गर्न प्रधानमन्त्री ओलिले आग्रह गर्नुभयो ।