काठमाण्डौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सभामुख कृष्णबहादुर महराको राजिनामा माग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई सभामुख र संसद सदस्य दुवै पदबाट राजीनामा दिएर यौन दुर्ब्यबहार काण्डको छानबिनमा सहयोग पुर्याउन आग्रह गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलिको अध्यक्षतामा मध्यान्ह बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिस्ठ नेताद्वय माधब कुमार नेपाल र झलनाथ खनाल, नेताहरु बामदेब गौतम, महासचिव बिष्णु पौडेल, प्रबक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री राम बहादुर थापा (बादल) र रक्षामन्त्री ईश्वर पोख्रेलको उपस्थिति रहेको थियो ।