काठमाण्डौः नेपालको भूमि प्रयोग गरी भारत छिर्दै गरेका दुई जना बंगलादेशी नागरिकलाई भारतीय एसएसबी प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले भारत-नेपाल सीमा पानीट्याङ्की नजिकबाट ती दुई बंगलादेशी नागरिकलाई मङ्गलवार पक्राउ गरेका हुन् । पक्राउ पर्ने बंगलादेशी नागरिकद्धय ४८ बर्षिय मोहम्मद बच्चुमियाँ र ३७ बर्षिय रफिकुल इस्लाम रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई एसएसबीले थप केरकार र अनुसन्धानका लागि दुवै खोरीबारी पुलिस थानामा पठाइएको छ । ती दुबैजना बंगलादेशी नागरिकसँग कुनै पनि वैध दस्तावेज थिएन । वैध कागज-पत्रबिना उनीहरू भारतीय भूमि भएर नेपाल छिर्ने कोशिश गरिरहेको बताइएको छ ।