काठमाडौं : अमेरिकाले डिभी २०२१ का लागि चिठ्ठामार्फत भिसा उपलब्ध आवेदन खुल्ला गरेको छ ।
अमेरिकि इमिग्रेसन एण्ड नेशनालिटी एक्ट ऐनको व्यवस्था अनुसार अमेरीकाले २०१९ अक्टोबर २ देखि नोभेम्बर ५ सम्म आवेदन लिने गरि डीभी भिसा खुल्ला गरेको हो ।
डिभी फारम भरे वापत कुनै शुल्क नलाग्ने र यो वर्ष करिब ५५ हजारका लागि भिसा उपलब्ध गराउने जनाइएको छ ।
यो पटक डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ।
यसैगरी इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि समेत नचाहिने यसपालिको डिभी आवेदनको सूचनामा उल्लेख गरिएको छ ।