सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हनुमानढोका स्थित दशैं घरमा फूलपाती भित्र्याइएसँगै सेनाद्धारा टुँडिखेलमा हर्ष बढाइँ 

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा परम्परा अनुसार फूलपाती बढाइँ समारोहको आयोजना गरेको छ ।

काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा बडा दसैंको सातौं दिन फुलपाती भित्र्याएपछि सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहका बीच फुलपातीको हर्षबढाई गरेको छ ।

राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरि सदा झैं यो बर्षपनि सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाइँ गरेको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशाका  प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उक्त समारोहमा नेपाली सेनाले इज्जत अर्पण कवाज, राइफल र तोपका साथमा मार्चपास सहित विभिन्न कौशल प्रर्दशन गरेको थियो ।

त्यसअघि वडादसैँको सातौँ दिन गोरखाबाट ल्याइएको फुलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा शुभसाइतमा भित्र्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

दसैंमा कस्तो रहला मौसम ?

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…

सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेना

आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै

बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना