काठमाण्डौः फिनल्यान्डको फिन एयरलाइन्सले हेल्सिन्की काठमाण्डौं उडान गर्ने ईच्छा देखाएको छ ।
युरोपेली मुलुकको एयरलाइन्सले हेल्सिन्की काठमाण्डौं उडान गर्ने इच्छा देखाएपनी दुई देशबिच हवाई सम्झौता हुन सकेको छैन । फिनल्यान्डको तर्फबाट पहल भएको छ तर २ देशबिच सम्झौता भने भएको छैन मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
फिन सरकारको ५५ प्रतिशत स्वामित्व रहेको एयरलाइन्स उक्त देशको राष्ट्रिय ध्वजाबाहक हवाईजहाज हो । पछिल्लो समय अष्ट्रेलियासँग सम्झौता गरेको नेपालले हालसम्म विभिन्न ४० देशहरूसँग हवाई सम्झौता गरिसकेको छ ।