काठमाण्डौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २ घण्टाको लागि बन्द भएको छ ।
नजिकिदै गरेको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका लागि काठमाडौ आएको कार्गो विमानले गर्दा विमानस्थल ठप्प भएको हो ।
विमानस्थल मंगलवार दिउसो २ बजे देखि ४ बजेसम्म सम्पूर्ण उडान तथा अवतरण रोकिएको थियो ।
स्रोतका अनुसार आगामी २५ गते हुने रास्ट्रपति सिको लागि प्रयोग गर्ने कार्गेड लिएर आएको सो विमानका लागि त्रिभुवन विमानस्थलको ह्याङगर साँघुरो भएपछि धावनमार्गमा नै पार्किङ गरेकाले विमानस्थल बन्द भएको हो ।
राष्ट्रपति सि आउने दिनपनि विमान नअट्ने भएकोले भ्रमण अवधीभर विमानस्थल बन्द हुने बताइएको छ।