काठमाण्डौ: चीनले अल्पसंख्यक मुसलमान माथि चीनको शिन्जियाङ्मामा भइरहेको दमन तत्काल रोक्न कडा नियन्त्रण गरेको भन्दै चीनसँग अमेरिका रुष्ट बनेको छ।
२८ चिनियाँ कम्पनीलाई अमेरिकाले कालो सूचीमा राखेको भोली पल्ट अर्को ठूलो कदम उठाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छ्न ।
अमेरिकाले चीनको शिन्जियाङ्गस्थित पश्चिम क्षेत्रमा उइगुर मुस्लिममाथि दमन गरेको आरोपमा मंगलबार चिनियाँ नागरिकका भिसामाथि प्रतिबन्ध लगाएको छ । सो क्षेत्रमा रहेका अल्पसंख्यक मुसलमानहरू रहेका छ्न् ।
अमेरिकाको भनाइमा “अल्पसंख्यक मुसलमानको साँस्कृतिक र धार्मिक पहिचानमाथि चीनले कडा नियन्त्रण राखेको छ । त्यस्तै विदेशबाट आउने नागरिकहरुमा पनि प्रतिबन्ध लगाई निगरानी समेत बढाएको जनाएको छ ।
अमेरिकी ट्रम्प प्रशासनले सोमबार चीनका २८ कम्पनीलाई कालो सूचीमा राखेको थियो। त्यस्ता कम्पनीहरुले मानव अधिकार उल्लङ्घन गरेकोले उत्पादन र खरिदमा प्रतिबन्ध लगाएको जनाएको थियो ।